Tuesday, August 4, 2009

प्रभातको पुनर्जन्म

सिर्जना साहित्यको कुकुरे वैसमा एउटा हुरि नै चलेथ्यो नाम माथि उपमा थप्नेहरुको । विवस निरीह एक्ले भावुक क्षीतिज……… यस्तै यस्तै साहित्यक उपनामहरु वीच म बम बानियासग जन्मीएको थियो प्रभात । आफूलाई साहित्यकार देखाउन हामी छानी छानी उपनामहरु राख्थ्यौ । मैले दिनको सुरुवातको संज्ञा सगै साहित्य लेखनको सुरुवातलाई थप उज्यालो दिने पर्यत्न गर्नेको लागि यो फुर्को जोडे । जिल्ला स्तरमा परिचय समेत यो उपनामले पायो । पछि पछि यी उपनामहरु कतिपय कम प्रयोग हुदै गए भने कति त लोप भए। मलाइ पनि कता कता लाज लाग्न थाल्यो आफ्नो यो उपनामदेखि। सायद मैले उसलाइ हेला गरिदिए । पछि सुने प्रभात लोप भयो रे…………
समय बग्दै गयो । सात बर्ष भएछ प्रभात लोप भएको । लेखनमा मेरो निरन्तरता भने टुटेन । प्रकाशन गर्ने इच्छालाइ थाँति राखेर कविता गीत कथा र गजलहरु कोरि नै रहे । मेरो लघुकथा लेखन भने प्रकाशनको तयारीमा रहेको प्र्रेम दिवस बाट नाम परिवर्तन गरि अलपत्रेका फूलहरु मा पुगेको छ तर पाँच बर्षदेखि पेजमेकर भित्र झुन्डीरहेको छ अलपत्र परेर…………॥ हाल म लघुकथाहरु कम लेख्न थालेको छु । प्रभात जस्तै कुनै दिन यो पनि लोप हुन सक्छ र पुर्नजन्म पनि । पृथ्वीका कवि जोन किटस्ले भनेका छन् जन्म र मृत्यु निरन्तर चलिरन्छन् । सेक्सपीयरले जीवनलाइ नाटक भनेका छन् र हरेक मानवलाइ पात्र बनाएका छन् । म लेखन र प्रकाशन लाइ फरक फरक आँखाले हेर्छु । लेखन एउटा नशा हो जसले सर्जकलाई स्वर्गानुभूति दिन्छ र समाज परिवर्तनमा चेतनाको बीऊ छर्छ भने प्रकाशन बढि विज्ञापन हो ।
प्रसंग बदल्छु । कतै उपनामहरुको अवशान भैरहेकोवेला कतै जन्म भैरहेको छ । केही समय अगाडि दीनदुखीको अवशान भयो । त्यसले दिपेन्द्रलाई नमीठो गरि बिझाएछ । उता सुरेश हाचेकाली भने चक्रव्यू साचेतना ९ ीबदथचष्लतज ऋयलकअष्भलअभ० संगसंगै हाचेकाली लाई स्थापित गराइसकेका छन् । हाम्रा समूहमा पनि टंक भट्टराईले विवश लाइ दिक्तेल तिरै छोड्नु भयो भने धनप्रसाद सुवेदीले श्रमीक विष्णु आभुषण बिमला केयरलेस रेखा क्षितिज एम।सुमीत आदिले लेखिरहनु भएको छ । पारिजात रामेस रायन माजील अरिम निनु राल्फा शमूहबाट ध्रुबतारा नै बने । लैन सिङ बाङदेल बैरागीकाइलाआयमेली रमेश विकल सरुभक्त गोबिन्द बहादुर मल्ल गोठाले जस्ता स्थापित नामले कता कता कुतकुत्याउदै गयो। यसमा कसैले आफ्नो नामथरको अगाडि जोड्ने गरेका छन् कसैले थरको ठाउमा भने कसैले एउटै शब्दमा उपमा मात्र लेख्ने गरेका छन् ।
यी यस्ता नामहरुको पछाडि आ आफ्नै रहस्य र कारणहरु होलान म त्यता घुस्न चाहन्न । म केवल किन आज म त्यो मरिसकेको प्रभातलाइ पुनजन्म दिन जादैछु भन्ने प्रशंग जोड्न चाहन्छु । मैले गाउँ छोडेर राजधानी छिरेपछि मेरो केहि साहित्यीक तीर्खा मेट्नॆ संगतहरु पाएँ । राटि्रय स्तरका भनिने स्रस्टाहरुसंग पनि राम्रै संगत भयो । कला संगीत साहित्य सबैलाइ समेटेर अध्ययन गर्ने थलो रावासावा प्राज्ञिक सामाज नेपालको स्थापना डा विष्णु राइको अध्यक्षतामा गरियो । यसबाट प्राज्ञिकहरुसंगको संगत तथा संजाल बन्दै गएको छ । यो संगत र साहित्यीक उचाइ ठानेर किन्चित म प्रभात को जन्मदिन लागेको पटक्कै होइन र यो जन्मदै फेरि कुनै चमत्कार हुन्छ भनेर पनि होइन ।
खाटी कुरा यो हो कि साँकृतिक रुपान्तरणको लागि प्रतिबद्ध युवासर्जकहरुको शमूहका जोशिला साथीहरु नाकीमानदिशविशददृश्य विपल वशन्त धु्रबसत्यकविल अन्जान माजुमार्मिका अपराजिता सर्गमाजरी आदिको सहित्यक लगावले मलाइ तानिरह्यो । तव मलाइ त्यो ऐसेलुघारीमा डुल्दै गोठाला गर्दाको सम्झनाले एक झापड हान्यो ………॥ म झस्कीए । मैले त्यो प्रभातलाई जन्माएको दिन सम्झें………। हाम्रो घरको पेटिमा घाम लाग्दा नलाग्दै यो जन्मेको थियो ५२ साल चैत्र १५ गते । मैले आफु उज्यालो भएर अरुलाई पनि दिन सकिन्छ म त्यहि दिनको सुरुवात हुँ भन्ने आफुलाइ ठानेर प्रभातको न्वारन गरेंको थिए । ०५९ चैत्र २२ गते मैले यसलाई म बाट हराए । थाह छैन म के भएं तथापि मलाइ यो सलामविहानी डट कम शमुहले ईस्यालु बनायो । मैले रातभर सोचे………के म पुर्नजन्म दिन सक्छु यसबेला मैले स्वर्गीय स्वप्नील स्मृति लाई सम्झें उनी एक साहित्यिक मित्र हुन उनको कविता पढिसक्दा समेत उनी जीवित हुन भन्ने थाह थिएन तर पछि थाह पाए त्यो उहाको उपनाम रहेछ । ऊ कविता सुनाइ रहेछ ………त्यसैले प्रभात एचबखबत फेरि एकपटक जन्मिएको छ …………………………।आजैदेखि………………२०६६ साउन १२ गते बिहान ५बजेर २७ मीनेट ३३ सेकेन्ड……………।अनिश्चीतकालको लागि ........ Pravat

Monday, July 27, 2009

भुडि तैँले …………

भुडि तैँले …………॥

भुँडि तैंले मलाइ माथि उठन दिइनस ।
तँ किन यति निर्दयि
जति पनि अटाउन सक्छस ।
जति पनि पचाउन सक्छस ।
कहिले अगाउँदैनस ।
मेरो मष्तीकले सधै तेरो
आलोचना गरिरहन्छ ।
किनकि तँ मष्तीकको बाधक होस ।
यदि तँ नभएको भए ।
हेर देश कति माथि उठथ्यो
समाज कती सभ्य र सुन्दर हन्थ्यो
तँ हुस्स फुल्छस
करोड पचाउँचस ।
आयल निगमको अरवौले पनि तँ भरिदैनस ।
वायु सेवाको खरवौले ातँ अघाउँदैनस ।
दाप जस्तो तँ घैला जस्तो हुन्छस।
तँ कहिलै भो भन्दैनस ।
त्यसैले भँुडि तैले मलाई
बन्दी पर्खाल भित्र थुनेको छस ।
मरो इच्छाहरु मारेको छस।
आकँछहरु चुसेर
दशै मनाएको छस ।
तँलाइ म छोपडन चाहान्छु तर
तँ दाप जस्तो भएर टुसिन्छस ।
कतै कतै घ्याम्पा जस्तो भएर ´ुण्डीरहन्छस
जेभए पनि तँ बो´होस धर्तिको भार होस ।
सानो भएर पनि दःखै दिन्छस ।
ठुलो भएर पनि भार हुन्छस ।
भुँडि तैले मलाई उठन दिइनस ।
तैले राष्ट्रलाइ माथि उठन दिइनस ।
यो देश ………………

शहर पस्छन् कविताहरु

झ्याङै उकाएर गाउको
कविताहरु शहर पस्छन्
ती कवितामा
थेप्लोको गन्ध हुन्छ
सिस्नुको रंग हुन्छ
झुप्राका छेस्काहरु
झुम्राका बेर्नाहरु
कवितैभरि टाँसीएका हुन्छन्
ओख्लीको पीठो
मुछेर पकाएको सेलरोटी
एक कठुवा आराखा
थुन्सेमाथि ढाकेको झुम्के रुमाल
आह माइती र मावली धाउदै गरेका कविताहरु
बर्षौ धुवासोमा थुपारेका
धमीराले आधिकाटेका
छरट्ट टुक्राटाक्रीहरु
बाध्यता अभावभित्र
सिङगै इतिहास बोकेर
गुम्सीएका अप्रकासित कविताहरु
विकल्पको खोिज
शहर पस्छन्
रंगीन संसार देख्छन्
छापिन्छन् र
शहरमै विमोचीत हुन्छन्
होटेलको माथिल्लो तलामा
स्याडवीच र पिजासंग
मुछिन्छन्
रेडलेवलसंग पखालिन्छन् ध्वासाहरु
खै किन हो फेरि गाउ फर्किदैनन्
कविताहरु………………………।

खै किन हो चौतारीहरुमा
वरपिपलको फेदमा
हुदैनन्
कविताहरु………
खै किन हो फेरि गाउ फर्किदैनन्
कविताहरु………………………।

आराखा : राईभाषामा रक्सी।

आशा उज्यालोको

मेरो उज्यालो लिएर
साँझ गयो
म निश्तब्ध भएँ
प्रतिक्षाको फल
मलाइ सम्झाउन
एक पुल्ठो उज्यालो लिएर
गुधुली लिएर आयो
म रमाए
कौवा कराउनु हुन्न
हजूआमा पाइला गन्न थाल्नुहुन्छ
डाँडाको रातो घाम हेरेर
उहाँ विलौना गर्नु हुन्छ
उहाँ पनि उदाउदो घाम नै रोज्नुहुन्छ
विहानीकै गीत गाउनुहुन्छ
बिडम्बना
प्रकृति निस्पक्ष छ ।

उज्यालो लिएर साझ जान्छ
उज्यालै लिएर विहानी आउछ
फटाह त मान्छे हो
कारण खुलाइराख्नु पर्दैन
प्रकृतिको उल्टो घुम्छ मान्छे
रातमा उज्यालाका कयौ
विकल्पहरु छन्
जून
तारा
र जूनकीरीहरु……॥

Saturday, July 25, 2009

विज्ञापन सुत्र

तिमी काँच हौ
तर हिरा भनेर प्रचार गर
तिमी हिरा हौ तर चुप लागेर वस
तिमीलाइ टेक्दै हिड्छन्
त्यो काँच सजिलै हिरा हुन्छ
अव त्यो बनेको हिरा खरिदमा
बम्पर उपहार भएन भने
सुगन्भ हुदैन
व्यापार फस्टाउदैन
एउटा हिरा खरिदमा
एक दर्जन चुरा सित्तैमा……
बम्पर उपहार हंगामा……
राख्नैपर्छ
त्यसपछि तपाइ जे जे वेच्नुहोस
प्याकिङ गरेर वेच्नुहोस
बजार खुल्ला छ
अव पत्रु हुदैनन् तिम्रा सामानहरु
जीवन परिपर्तन भइसकेको हुने छ
तिमी ठुला व्यापारी हने छौ
अव तिमी देश चलाउन सक्छौ
त्यसैगरी
तिमी समाजसेवी हुन चाहन्छौ
त्यसैगरि……………………।