Tuesday, August 4, 2009

प्रभातको पुनर्जन्म

सिर्जना साहित्यको कुकुरे वैसमा एउटा हुरि नै चलेथ्यो नाम माथि उपमा थप्नेहरुको । विवस निरीह एक्ले भावुक क्षीतिज……… यस्तै यस्तै साहित्यक उपनामहरु वीच म बम बानियासग जन्मीएको थियो प्रभात । आफूलाई साहित्यकार देखाउन हामी छानी छानी उपनामहरु राख्थ्यौ । मैले दिनको सुरुवातको संज्ञा सगै साहित्य लेखनको सुरुवातलाई थप उज्यालो दिने पर्यत्न गर्नेको लागि यो फुर्को जोडे । जिल्ला स्तरमा परिचय समेत यो उपनामले पायो । पछि पछि यी उपनामहरु कतिपय कम प्रयोग हुदै गए भने कति त लोप भए। मलाइ पनि कता कता लाज लाग्न थाल्यो आफ्नो यो उपनामदेखि। सायद मैले उसलाइ हेला गरिदिए । पछि सुने प्रभात लोप भयो रे…………
समय बग्दै गयो । सात बर्ष भएछ प्रभात लोप भएको । लेखनमा मेरो निरन्तरता भने टुटेन । प्रकाशन गर्ने इच्छालाइ थाँति राखेर कविता गीत कथा र गजलहरु कोरि नै रहे । मेरो लघुकथा लेखन भने प्रकाशनको तयारीमा रहेको प्र्रेम दिवस बाट नाम परिवर्तन गरि अलपत्रेका फूलहरु मा पुगेको छ तर पाँच बर्षदेखि पेजमेकर भित्र झुन्डीरहेको छ अलपत्र परेर…………॥ हाल म लघुकथाहरु कम लेख्न थालेको छु । प्रभात जस्तै कुनै दिन यो पनि लोप हुन सक्छ र पुर्नजन्म पनि । पृथ्वीका कवि जोन किटस्ले भनेका छन् जन्म र मृत्यु निरन्तर चलिरन्छन् । सेक्सपीयरले जीवनलाइ नाटक भनेका छन् र हरेक मानवलाइ पात्र बनाएका छन् । म लेखन र प्रकाशन लाइ फरक फरक आँखाले हेर्छु । लेखन एउटा नशा हो जसले सर्जकलाई स्वर्गानुभूति दिन्छ र समाज परिवर्तनमा चेतनाको बीऊ छर्छ भने प्रकाशन बढि विज्ञापन हो ।
प्रसंग बदल्छु । कतै उपनामहरुको अवशान भैरहेकोवेला कतै जन्म भैरहेको छ । केही समय अगाडि दीनदुखीको अवशान भयो । त्यसले दिपेन्द्रलाई नमीठो गरि बिझाएछ । उता सुरेश हाचेकाली भने चक्रव्यू साचेतना ९ ीबदथचष्लतज ऋयलकअष्भलअभ० संगसंगै हाचेकाली लाई स्थापित गराइसकेका छन् । हाम्रा समूहमा पनि टंक भट्टराईले विवश लाइ दिक्तेल तिरै छोड्नु भयो भने धनप्रसाद सुवेदीले श्रमीक विष्णु आभुषण बिमला केयरलेस रेखा क्षितिज एम।सुमीत आदिले लेखिरहनु भएको छ । पारिजात रामेस रायन माजील अरिम निनु राल्फा शमूहबाट ध्रुबतारा नै बने । लैन सिङ बाङदेल बैरागीकाइलाआयमेली रमेश विकल सरुभक्त गोबिन्द बहादुर मल्ल गोठाले जस्ता स्थापित नामले कता कता कुतकुत्याउदै गयो। यसमा कसैले आफ्नो नामथरको अगाडि जोड्ने गरेका छन् कसैले थरको ठाउमा भने कसैले एउटै शब्दमा उपमा मात्र लेख्ने गरेका छन् ।
यी यस्ता नामहरुको पछाडि आ आफ्नै रहस्य र कारणहरु होलान म त्यता घुस्न चाहन्न । म केवल किन आज म त्यो मरिसकेको प्रभातलाइ पुनजन्म दिन जादैछु भन्ने प्रशंग जोड्न चाहन्छु । मैले गाउँ छोडेर राजधानी छिरेपछि मेरो केहि साहित्यीक तीर्खा मेट्नॆ संगतहरु पाएँ । राटि्रय स्तरका भनिने स्रस्टाहरुसंग पनि राम्रै संगत भयो । कला संगीत साहित्य सबैलाइ समेटेर अध्ययन गर्ने थलो रावासावा प्राज्ञिक सामाज नेपालको स्थापना डा विष्णु राइको अध्यक्षतामा गरियो । यसबाट प्राज्ञिकहरुसंगको संगत तथा संजाल बन्दै गएको छ । यो संगत र साहित्यीक उचाइ ठानेर किन्चित म प्रभात को जन्मदिन लागेको पटक्कै होइन र यो जन्मदै फेरि कुनै चमत्कार हुन्छ भनेर पनि होइन ।
खाटी कुरा यो हो कि साँकृतिक रुपान्तरणको लागि प्रतिबद्ध युवासर्जकहरुको शमूहका जोशिला साथीहरु नाकीमानदिशविशददृश्य विपल वशन्त धु्रबसत्यकविल अन्जान माजुमार्मिका अपराजिता सर्गमाजरी आदिको सहित्यक लगावले मलाइ तानिरह्यो । तव मलाइ त्यो ऐसेलुघारीमा डुल्दै गोठाला गर्दाको सम्झनाले एक झापड हान्यो ………॥ म झस्कीए । मैले त्यो प्रभातलाई जन्माएको दिन सम्झें………। हाम्रो घरको पेटिमा घाम लाग्दा नलाग्दै यो जन्मेको थियो ५२ साल चैत्र १५ गते । मैले आफु उज्यालो भएर अरुलाई पनि दिन सकिन्छ म त्यहि दिनको सुरुवात हुँ भन्ने आफुलाइ ठानेर प्रभातको न्वारन गरेंको थिए । ०५९ चैत्र २२ गते मैले यसलाई म बाट हराए । थाह छैन म के भएं तथापि मलाइ यो सलामविहानी डट कम शमुहले ईस्यालु बनायो । मैले रातभर सोचे………के म पुर्नजन्म दिन सक्छु यसबेला मैले स्वर्गीय स्वप्नील स्मृति लाई सम्झें उनी एक साहित्यिक मित्र हुन उनको कविता पढिसक्दा समेत उनी जीवित हुन भन्ने थाह थिएन तर पछि थाह पाए त्यो उहाको उपनाम रहेछ । ऊ कविता सुनाइ रहेछ ………त्यसैले प्रभात एचबखबत फेरि एकपटक जन्मिएको छ …………………………।आजैदेखि………………२०६६ साउन १२ गते बिहान ५बजेर २७ मीनेट ३३ सेकेन्ड……………।अनिश्चीतकालको लागि ........ Pravat