झ्याङै उकाएर गाउको
कविताहरु शहर पस्छन्
ती कवितामा
थेप्लोको गन्ध हुन्छ
सिस्नुको रंग हुन्छ
झुप्राका छेस्काहरु
झुम्राका बेर्नाहरु
कवितैभरि टाँसीएका हुन्छन्
ओख्लीको पीठो
मुछेर पकाएको सेलरोटी
एक कठुवा आराखा
थुन्सेमाथि ढाकेको झुम्के रुमाल
आह माइती र मावली धाउदै गरेका कविताहरु
बर्षौ धुवासोमा थुपारेका
धमीराले आधिकाटेका
छरट्ट टुक्राटाक्रीहरु
बाध्यता अभावभित्र
सिङगै इतिहास बोकेर
गुम्सीएका अप्रकासित कविताहरु
विकल्पको खोिज
शहर पस्छन्
रंगीन संसार देख्छन्
छापिन्छन् र
शहरमै विमोचीत हुन्छन्
होटेलको माथिल्लो तलामा
स्याडवीच र पिजासंग
मुछिन्छन्
रेडलेवलसंग पखालिन्छन् ध्वासाहरु
खै किन हो फेरि गाउ फर्किदैनन्
कविताहरु………………………।
खै किन हो चौतारीहरुमा
वरपिपलको फेदमा
हुदैनन्
कविताहरु………
खै किन हो फेरि गाउ फर्किदैनन्
कविताहरु………………………।
आराखा : राईभाषामा रक्सी।
Subscribe to:
Post Comments (Atom)

really it's nice,wonderful and more appreciable.
ReplyDeleteprabhat daiko utkrista kavita madhyeko ek kavita...
ReplyDelete